दफा
कानुनी व्यवस्था

८. कानुनी व्यवस्था

८.१. विज्ञान तथा प्रविधि नीतिको कार्यान्वयन तथा अनुगमनको लागि आवश्यकता अनुसार क्षेत्रगत नीति, ऐन, नियम, निर्देशिका बनाई लागु गरिनेछ ।
८.२. यससंग सम्बन्धित अन्य आवश्यक व्यवस्थालाई नियमित गर्न र विज्ञान तथा प्रविधि सम्बन्धि वौद्धिक सम्पत्ति अधिकारलाई संरक्षण दिने आवश्यक कानुनहरू निर्माण गरिनेछ ।
८.३. विज्ञान तथा प्रविधिसंँग सम्बन्धित संघ संस्थाहरूले सम्बन्धित निकायमा दर्ताका लागि मन्त्रालयको स्वीकृति लिनुपर्नेछ । सो सम्बन्धि आवश्यक अनुगमन प्रक्रियालाई मन्त्रालयले व्यवस्थित गर्नेछ ।